एक ब्यक्ति दुई बनेपछि पक्राउ

एक ब्यक्ति दुई बनेपछि पक्राउ

पर्वतमा प्रहरीले दोहोरो नागरिकता लिएका एक युवालाई समातेको छ । नागरिकता हुँदाहुँदै पनि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर दोहोरो नागरिकता लिएका उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुश्मा नगरपलिका वडा नम्बर ११ बस्ने २५ बर्षीय आशिष के.सी. रहेका छन् । उनले एक वटा नेपाली नागरिकता प्रमाण पत्र हुँदाहुँदै नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु संकलन गरेर अर्को नागरिकता लिएका थिए ।

हाल उनको दोस्रो नागरिकता रद्द गर्ने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ । उनको साथमा रहेका शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली पाइएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले के.सी.लाई पक्राउ गर्न भनेको हो ।

प्रशासनबाट पक्राउको आदेश आएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई समातेको हो । हाल पक्राउ परेका के.सी.माथि लिखतसम्बन्धी कसुरको किर्ते गर्न नहुने मुध्दा जिल्ला सरकारी वकिलको कार्यालय पर्वतमा दर्ता गरिएको छ ।

सरकारी वकिलको कार्यालयबाट हिजै पर्वत जिल्ला अदालतमा पठाएर किर्ते गर्ने उनीमाथि पहिले चार दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

टिप्पणीहरू