रक्सी खाएर पार्टी फेरेकोमा क्षमायाचना

रक्सी खाएर पार्टी फेरेकोमा क्षमायाचना

नेकपा माओवादी केन्द्रका एक स्थानीय नेताले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराइएको आरोप लगाएका छन् । डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराइएको बताएका हुन् ।

गत शुक्रबार आदर्श गाउँपालिकामा आयोजित एमालेको कार्यक्रममा आफूलाई रक्सी खुवाई एमाले प्रवेश गराएको नेपालीले लिखित जानकारी गराएका छन् । शनिबार जारी विज्ञप्तिमा उनले आफूलाई रक्सी खुवाएर त्यस्तो कार्य गरिएको व्यहोरा उल्लेख गरेका हुन् ।

आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको उल्लेख गर्दै उनले रक्सी खाएर अर्को पार्टीको सदस्यता लिएको कमी कमजोरीप्रति भने क्षमायाचना गरेका छन् ।

टिप्पणीहरू