शौच गर्न निस्केकी किशोरी बलात्कृत
राति घरबाट बाहिर शौच गर्न निस्केकी एक किशोरी रुपन्देहीमा बलात्कृत भएकी छन् ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओमसतिया गाउँपालिका–६ बस्ने २० वर्षीय इन्सास अलीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अलीले ती किशोरीलाई गए राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको बताइएको छ । करणी गरेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
टिप्पणीहरू