एमाले अध्यक्ष ओलीलाई स्काउटको उच्च पदक

एमाले अध्यक्ष ओलीलाई स्काउटको उच्च पदक

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउटले पदक प्रदान गरेको छ । उहाँलाई स्काउटको एशिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको हो । विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको समापनमा ओलीलाई उक्त पदक दिने निर्णय गरिएको हो ।

हिजो सम्पन्न समापन समारोहमा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्धनमार्फत् बालबालिका तथा युवाहरुको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको बताइएको छ । अध्यक्ष ओली उक्त पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुभएको नेपाल स्काउटका राष्ट्रिय समिति संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू