मोसो दलेपछि विप्लवसँग सहकार्य नगर्ने मसालको चेतावनी

मोसो दलेपछि विप्लवसँग सहकार्य नगर्ने मसालको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी मसालले प्युठानमा नेकपा विप्लव समूहसँगको सहकार्य स्थगित गर्ने निर्णय गरेको छ ।

नेकपा मसालका प्युठान जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेद्वारा जारी प्रेस वक्तव्यमा विप्लव समूहले अपनाएको गलत क्रियाकलापका कारण विप्लवसँग प्युठानमा चलिरहेको सहकार्य हाललाई स्थगित गरिएको जनाइएको छ ।नेकपा मसालले मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानासहितका व्यक्तिलाई हिजो नेकपा विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेर अमानवीय कार्य गरेको भन्दै कडा शब्दमा घटनाको निन्दा र भत्र्सना समेत गरेको छ ।वक्तव्य मार्फत् मसालले आफ्ना गलत कार्य रोक्न चेतावनी समेत दिएको छ । नेकपा मसाल र नेकपाले एमसीसीको विरुद्ध चलिरहेको संयुक्त आन्दोलनमा सहकार्य गर्दै आएका थिए ।

मल्लरानी– ५ सरङकोटस्थित भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला विप्लवका कार्यकर्ताहरुले पालिका अध्यक्ष राना, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालगायतलाई कालोमोसो दलेर फरार भएका हुन् । यो विषयलाई लिएर जिल्लामा चौतर्फी विरोध समेत भएको छ ।

टिप्पणीहरू