अध्यक्ष कमरेडको ससुराली घरमा मध्यराती आक्रमण
सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका वडा नं ७ का नेकपा एमाले वडा कमिटी अध्यक्ष विष्णु तामाङको ससुराली घरमा लुटपाट भएको छ । मध्यरात मास्क लगाएर आएको अज्ञात समूहले धारिलो हतियारको प्रयोग गरी लुटपाट गरेको हो ।
सो समूहले धारिलो हतियार प्रयोग गर्दा अध्यक्ष तामाङका ९२ वर्षीय बूढा ससुरा श्रीबहादुर तामाङ,५८ वर्षीय ससुरा बहादुर तामाङ र सासू ५७ वर्षीया बुदु तामाङ गम्भीर घाइते भएका छन् । हाल उनीहरुको अवस्था गम्भीर रहेको र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष विष्णु तामाङले बताउनुभयो ।
साथै, लाखौंको धनमालसमेत लुटिएको अध्यक्ष तामाङको भनाइ छ । अपराधीहरुको हालसम्म पहिचान खुल्न सकेको छैन भने प्रहरीले खोजतलास गरिरहेको छ ।
टिप्पणीहरू