शान्त बानेश्वर जब धुवाँले भरियो
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुध्द प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरमा ‘युद्ध मैदान’को झल्को दिएको छ ।
आज दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका र उनीहरुलाई रोक्न खोजेका सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रमा ‘युध्द मैैदान’को झल्को दिएको हो ।
प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए भने सुरक्षाफौजले केही सेल अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।
प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि प्रदर्शनकारीहरू फर्किएका छन् । अहिले बानेश्वर क्षेत्रको अवस्था सामान्य छ ।


टिप्पणीहरू