एमसिसीको नाम,खासमा कुर्सी तानातान
संघीय संसद भवन नयाँ बानेश्वरमा नेताहरुबीच भेटघाट जारी छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता भर्खरै सकिएको छ ।
उहाँहरु दुई जनाबीच शुरुमा एकल वार्ता भएको र पछि अरु नेतालाई सामेल गराइएको हो । छलफल साढे झण्डै साढे दुई घण्टासम्म चलेको बताइन्छ ।
भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेस महामन्त्री गगन थापा,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितको सहभागिता थियो । कुराकानीको विषयवस्तुबारे दुबै पक्षले जानकारी गराएका छैनन् ।
यद्यपि प्याकेजमा सहमति गर्ने कोशिश जारी छ । केन्द्रमा काङ्ग्रेसले महन्थ ठाकुर र बाबुराम नेतृत्वको नयाँ बन्ने पार्टीसहित सरकार चलाउने,प्रदेश सरकारहरु एमालेलाई चलाउन दिनुपर्ने कोणबाट समेत प्रसङ्ग छेडिएको बताइन्छ ।
एमाले टोलीसँगको भेटपछि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने सम्भावना रहेको बताइन्छ ।
एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गराउने सम्बन्धमा पटक पटक अवरोध उत्पन्न भएपछि प्रधानमन्त्री देउवा सबै पक्षलाई फकाउने योजनामा देखिनुभएको छ । आज बोलाइएको संसद बैठक भोलि दिउँसोसम्मको लागि स्थगित गरिएको छ ।
टिप्पणीहरू