उपेन्द्र र बाबुरामको बैठक अर्कै ठाउँ सर्यो
सत्तारुढ जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक शुरु हुनुपर्नेमा समय र स्थान सारिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय,बालकुमारीमा बिहान ११ बजेलाई डाकिएको थियो । तर स्थानअभावको कारण ललितपुरको इमाडोलमा सारिएको छ ।
इन्द्रेणी फुडल्याण्डमा दिउँसो बस्न लागेको हो । बैठकस्थल सरेको जानकारी गराउँदै अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु बालकुमारीबाट बाहिरिएका छन् ।
बैठक पछिल्लो राजनीतिक परिस्थिति र संसदमा टेबल भएको एमसीसी सम्झौताको अनुमोदन सम्बन्धमा केन्द्रित हुने जनाइएको छ । जसपाभित्र एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्ने र संशोधनपछि मात्र अनुमोदन गर्नुपर्ने भन्ने दुई धार स्पष्टसँग देखिएको छ ।
टिप्पणीहरू