माओवादीले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने

माओवादीले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धन बचाउन अन्तिम कोशिस गर्ने निर्णय गरेको हो ।

एमसीसीबारे पार्टीको पूर्ववत् सैध्दान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोशिस गर्ने समझदारी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ–आफ्नो धारणा राखेका थिए । केही नेताले माओवादी सरकारमै रहँदा छलफल गरी ल्याएको एमसीसीको विपक्षमा जाँदा विश्वसनीयताको प्रश्न पनि उठ्ने धारणा राखेका थिए ।

बैठकले मन्त्रीहरूबारे कुनै निर्णय भने गरेको छैन । अन्तिम पटक गठबन्धन बैठक राखेर त्यसबारे निर्णय गरिने एक नेताले बताए ।

टिप्पणीहरू