कैलाशका दर्जीको झोलामा ८ किलो गाँजा
मकवानपुरको कैलाश गाउँपालिका ७ का सुमिन्द्रकुमार दर्जीलाई प्रहरीले आठ किलोग्राम गाँजासहित पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका ५ चैनपुरस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले २९ वर्षीय दर्जीलाई चैनपुरमै पक्राउ गरेको हो ।
झोलामा पोको पारी ल्याइएको गाँजासहित पक्राउ गरिएका दर्जीबारे अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत हेटौँडामा पेस गरी १० दिनको म्याद थप गरी कारबाही अघि बढाएको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम उनलाई कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
टिप्पणीहरू