माओवादी नेताहरु खुमल्टारतिर कुदाकुद

माओवादी नेताहरु खुमल्टारतिर कुदाकुद

नेकपा माआवादी केन्द्रले एमसीसी सम्झौता अनुमोदन सम्बन्धमा थप निर्णय गर्न पूर्वस्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसिरहेको छ ।

बिहान ८ बजेबाट शुरु भएको बैठकमा अध्यक्ष दाहालसहित नेताहरु कृष्णबहादुर महरा, लीलामणि पोखरेल,देव गुरुङ, नारायणकाजी श्रेष्ठ,गिरिराजमणि पोखरेल,शक्ति बस्नेत,हरिबोल गजुरेल,दिनानाथ शर्मा,वर्षमान पुन, हितमान शाक्य,अर्थमन्त्री जनार्दन शर्मा,ऊर्जामन्त्री पम्फा भुसाल र शिक्षामन्त्री देवेन्द्र पौडेललगायत दुई दर्जनको उपस्थिति रहेको छ ।

अन्य नेताहरु आउने क्रम जारी रहेको बताइन्छ । हिजो राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धन बैठकमा एमसीसी सम्झौतालाई पूरक प्रस्तावसहित अनुमोदन गर्ने सहमति भएपछि आज आकस्मिक बैठक बोलाइएको हो ।

टिप्पणीहरू