सेनाको उडिरहेको हेलिकोप्टरमा बच्चा जन्मियो

सेनाको उडिरहेको हेलिकोप्टरमा बच्चा जन्मियो

मुगुकी एक महिलाले हेलिकोप्टरभित्रै बच्चा जन्माएकी छन् । खत्याड गाउँपालिका–४ की २० वर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको नेपाली सेनाको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन् ।

आज मुगुबाट सुर्खेत लैजाँदै गर्दा ती महिलाले हेलिकोप्टरभित्रै बच्चा जन्माएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन् । आमा र शिशुलाई अहिले प्रदेश अस्पताल लगिएको छ । सेना दिवसको अवसरमा उक्त मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ ।

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको छ । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनाएको छ ।

टिप्पणीहरू