तीनसय रोपनीमा लगाइएको अफिम खेती नष्ट

तीनसय रोपनीमा लगाइएको अफिम खेती नष्ट

धादिङमा प्रहरीले अवैध रुपमा लगाएको अफिम खेती नष्ट गरेको छ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दीलगायतका करिब तीन सय रोपनी जग्गामा लगाइएको उक्त अफिम प्रहरीले हिजो नष्ट गरेको हो ।

धादिङमा प्रहरीले वस्ती-वस्तीमा संयुक्त गस्ती सञ्चालन गरि गाँजा र अफिम खेती नष्ट गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय‚ ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङको टोलीले गाँजा र अफिम खेति नष्ट गरेको हो । टोलीले बारीमा लुकाएर राखिएको करिब ५० केजी गाँजासमेत जलाएको छ ।

टिप्पणीहरू