चितवनमा नक्कली चेक भिडाउने प्रहरीको फन्दामा

चितवनमा नक्कली चेक भिडाउने प्रहरीको फन्दामा

चितवनको रत्ननगर नगरपालिकामा साढे चार लाख रुपैयाँको कारोबारमा नक्कली चेक भिडाउनेलाई प्रहरीले पक्रेको छ । स्थानीय सौराहा रोडस्थित न्युलक्ष्मी इन्टरप्राइजेज सञ्चालक कृष्णप्रसाद तिवारीसँग गत माघमा रड किनेर नक्कली चेक दिएका सुदिप कार्की र उज्वल कुँवरलाई प्रहरीले पक्रेको हो ।

कार्की र कुँवरले चार लाख ६८ हजार चार सय ३५ बराबरको रड खरिद गरी दिएको चेक नक्कली भएको पुष्टि भएपछि उनीहरु फरार भएका हुन् । फरार भएर पक्राउ परेकामा कालिका नगरपालिका १ बस्ने वर्ष ३६ को उज्वल कुँवर र हेटौडा उपमहानगरपालिका ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदिप कार्की हुन् ।

उनीहरुलाई हिजो प्रहरीले स्थानीय लंकालाईनबाट पक्राउ गरी जिल्ला अदालतमा पेश गरेका थिए । अदालतले म्याद थपेपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू