बम र रकेट छल्दै अमेरिकी विदेशमन्त्री युक्रेनतिर

बम र रकेट छल्दै अमेरिकी विदेशमन्त्री युक्रेनतिर

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकिंन युद्धग्रस्त युक्रेनको राजधानी किभ जाने भएका छन् । ब्लिकिंन आफ्नो राजधानी शहरमा आउन लागेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका हुन् ।

विदेश मन्त्री ब्लिकिंन अहिले केही बेरपछि किभ पुग्ने बताइएको छ । दुई महिनादेखि रुसी आक्रमणमा परेको युक्रेनी नेतृत्वले शान्ति वार्ता गरेर समस्या समाधान गर्न खोजे पनि अमेरिका र पश्चिमा राष्ट्रहरुले जेलेन्स्कीलाई दबाबमा राखेको आरोप छ ।

राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जामा राखेको मारियोपोलस्थित युक्रेनी सेनाको अन्तिम टुकडीको हत्या गरे अथवा कब्जामा रहेको खेरशन शहरमा युक्रेनबाट स्वतन्त्रताका लागि जनमत संग्रह गराए शान्तिवार्ता अन्त्य हुने चेतावनी दिएका छन् ।

यसबारे मस्कोले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

टिप्पणीहरू