बुटवलको जंगलमा दम्पत्तिको शव
बुटवलको जंगलमा एक दम्पत्तिको शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–७ शिवनगरमा रहेको सामुदायिक वनमा काजीमान श्रेष्ठ र उनकी श्रीमती कमला श्रेष्ठको शव भेटिएको हो ।
६० वर्षीय काजीमान श्रेष्ठ र ५५ वर्षीया कमला श्रेष्ठको शव आज भेटिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ती दम्पत्ति यसअघि चैत ६ गते गोरखामा रहेका आफन्त भेट्न घरबाट हिँडेका थिए । तर, लामो समयसम्म पनि गोरखामा पनि नपुेका र घर पनि नफर्किएपछि उनीहरुको खोजी गरिएको थियो ।
उनीहरुले जंगलमा विष सेवन गरेको अनुमान गरिएको छ । प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा त्यस्तो देखिएको हो ।
दम्पत्तिका छोरा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनीहरु बुहारी र छोरीसँग बस्दै आएका थिए ।
टिप्पणीहरू