२ जना भारतीय नक्कली डाक्टर समातिए
मोरङमा क्लिनिक सञ्चालन गरी बसेका दुई जना डाक्टरलाई प्रहरीले समातेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार ती दुई जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ मा रहेको श्रीराम पाइल्स क्लिनिकका सञ्चालक र सुन्दरहरैचा नगरपालिका ३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक हुन् ।
श्रीराम क्लिनिकका सञ्चालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन हुन् भने कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ वर्षीय सनोड मण्डल हुन् ।
उनीहरूले आफू चिकित्सक भएको बताउँदै क्लिनिक सञ्चालन गर्दे आएका थिए । प्रहरीले उपचारमा प्रयोग गरेका सामाग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो । नक्कली डाक्टरहरुलाई उपचार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।
टिप्पणीहरू