एभरेष्ट यतिका मालिकले १० करोड राजश्व छले
एभरेष्ट यति इन्टरनेशनल प्रालिका सञ्चालक दिपककुमार देउजा र शेयरधनी अचला थापा देउजा राजश्व छलीको मुद्दामा तानिएका छन् । राजश्व अनुसन्धान विभागले उनीहरुविरुद्ध राजश्व चुहावट गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
उनीहरुमाथी राजश्व चुहावट गर्ने मनसायले नक्कली विवरण तयार गरेर नियमबमोजिम तिर्नुपर्ने कर नतिरेको आरोप छ । विभागको अभियोग पत्रमा उनीहरुले ऐनबमोजिम मूल्य अभिवृद्धि कर तीन करोड ४० लाख १८ हजार र आयकर छ करोड २७ लाख १४ हजार पाँच सय ६० गरी जम्मा नौ करोड ६७ लाख ३२ हजार पाँच सय ६० रुपैयाँ राजश्व छलेको उल्लेख छ ।
उनीहरुले हिनामिना गरेको कर रकमको दोब्बर अर्थात् १९ करोड ३४ लाख ६५ हजार एक सय २० रुपैया जरिवाना मागदाबीसहित राजश्व विभागले मुद्दा हालेको हो ।
टिप्पणीहरू