पुलमा सालकको खपेटा बेच्ने दुई भाइ नुवाकोटे च्याप्पै

पुलमा सालकको खपेटा बेच्ने दुई भाइ नुवाकोटे च्याप्पै

काठमाडौं स्युचाटार नजिकैको पुलमा दुर्लभ वन्यजन्तु सालकको खपेटा बिक्री वितरण तथा ओसारपसार गरिरहेका दुई भाइ समातिएका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले स्युचाटार नजिकैको चक्रपथ पुलमा सालकको खपेटा बेच्न ठिक्क परेको अवस्थामा नुवाकोटका दुई जनालाई पक्रेको हो ।

नुवाकोट पञ्चकन्या गाउँपालिका ४ घर भई काठमाण्डौको बूढानीलकण्ठ बस्ने ३४ वर्षे जयराम तामाङ र मनमैजु बस्ने ३२ वर्षे रवि तामाङ सालकको खपेटासहित पक्राउ परेका हुन् ।

उनीहरुले रातो रंगको जेब्रा झोलामा सालकको खपेटा २ किलो ५ सय ४२ ग्राम हालेका थिए । उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०३० प ६७५१ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल पनि बरामद भएको परिसर प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाइएको छ ।

टिप्पणीहरू