छोरोले कुटेर बाबु मारे
नवलपरासी (पश्चिम) मा एक युवकले जन्मदिने बाबुको हत्या गरेका छन् । रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोविन्द यादवले ५० वर्षीय बाबु शंकर यादवलाई कुटेर मारेका हुन् ।
बालगोविन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाबुलाई मारेर भागेको आरोपमा प्रहरी चौकी बैरागनाथबाट खटिएको टोलीले उनलाई पक्राउ गरिसकेको छ ।
टिप्पणीहरू