प्रमुख प्रशासकीय अधिकृतसहितको मिलेमतोमा ३० लाख भ्रष्टाचार

प्रमुख प्रशासकीय अधिकृतसहितको मिलेमतोमा ३० लाख भ्रष्टाचार

मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु भ्रष्टाचार मुद्दामा मुछिएका छन् । अख्तियार अनुसन्धान आयोगले उनीसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचारको आरोप लागेकामा इञ्जिनियर महेश सिंह, असिस्टेण्ट सब–इञ्जिनियर हस्तबहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल हुन् । उनीहरुले छायाँनाथ रारा नगरपालिकाले वडा नम्बर २ मा पर्ने पैदल बाटोमा पक्की सिँढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको अख्तियारको दाबी छ ।

स्थानीयको उजुरीपछि अख्तियारले अनुसन्धान गर्दा उनीहरु सबै मिलेर २९ लाख ७७ हजार आठ सय २१ रुपैयाँ ११ पैसा हिनामिना गरेको पाइएको हो ।

टिप्पणीहरू