भारतबाट आएकी महिलाको झोलामा नोटको बिटो
विराटनगरमा स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक भारतीय महिला पक्राउ परेकी छन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी ३० वर्षीया मुन्नीदेवी सहनीलाई प्रहरीले आज विराटनगर–१५ बाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँसहित सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।
टिप्पणीहरू