न्युजिल्याण्ड पठाउने भन्दै ३० लाख क्वाप्पै
वर्किङ भिषामा न्युजिल्याण्ड पठाइ दिने भन्दै ३० लाख ठगी गर्न व्यक्ति समातिएका छन् । काठमाडौँ नागार्जुन नगरपालिका-९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्रीलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
उनले दुई युवकलाई न्युजिल्याण्ड पठाउने आश्वासन दिएका थिए । प्रतिव्यक्ति १५ लाख नगद दिएमा उनीहरुलाई वर्किङ भिषामा सजिलै न्युजिल्याण्ड पठाइदिने विकासले विश्वास दिलाएका थिए । त्यहि विश्वासमा परेर नवलपुर कावासोती नगरपालिका-८ का २८ वर्षीय विकास जोशी र तनहुँ रिसिङ गाउँपालिका-५ का २७ वर्षीय अमृत चन्दले विकासलाई १५/१५ लाख नगद दिएका हुन् ।
३० लाख लिएपछि विकास सम्पर्क विहीन भएपछि जोशी र चन्दले वैदेशिक रोजगार विभागमा खबर गरेका थिए । त्यसलगत्तै विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनलाई पक्राउ गर्न पत्राचार गर्यो ।
प्रहरीले खत्रीलाई हिजो उनकै घरबाट पक्राउ गरेको हो ।
टिप्पणीहरू