नक्कली नेपाली नोट

नक्कली नोटको बिगबिगी : भारतमा छाप्ने, नेपालमा ल्याउने

बारामा १३ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराले एक हजार दरका नक्कली रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ ।  १३ लाख १६ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरिएको छ । उनीहरुले सीमावर्ती भारतीय सहरमा नक्कली नोट छापेर नेपालमा ल्याएका हुन् । भारतको बिहार, मोतिहारी जिल्लाका महमद आलम, रौतहटको राजपुर नगरपालिका–१ का मोहनकुमार साह र बाराको कोल्हवी नगरपालिका ६ का राजन चौधरी तथा …