सुनिता स्वाट्टै स्विट्जरल्याण्ड
मेयरको बहिष्कार र उपमेयरको विदेश भ्रमणले यो वर्षको इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरूको स्वागत अन्यौलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भएपछि गत वर्षको इन्द्रजात्रा बहिष्कार गरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह भारत गएका थिए ।
मेयर उपलब्ध नभएपछि उपमेयर सुनिता डंगोलले राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थहरूको स्वागत गरेकी थिइन् । हाल राष्ट्रपति पौडेलको इटाली जाने तयारी चलिरहेको छ । भदौ २१ गते परेको इन्द्रजात्रामा प्रधानमन्त्री ओली प्रमु…