गभर्नर महाप्रसाद अधिकारी

अवकाशपछि घर गएपनि नोटमा दस्तखत महाप्रसादकै

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ सिरिज नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रंगमा हालै अवकाशप्राप्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट आजदेखि चलनचल्तीमा ल्याइएको जनाएको छ ।  नयाँ नोटको नम्बर न ४५ ०००००१ देखि भ १८ ९९९९९९ सम्म हुनेछ ।  अग्रभागको बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत, तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं.२०८१’ लेखिए…