हाकिम कुट्ने आफ्ना नेतालाई समात्न नपाइने मागसहित एमाले आन्दोलित
पूर्वाधार विकास कार्यालय, मुगका निमित्त कार्यालय प्रमुख इञ्जिनियर दत्त बुढ्थापामाथि कार्यकक्षमै कुटपिट गर्ने एमाले नेता समातिएको विरोधमा सो पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
कर्णाली प्रदेशका पूर्वसांसदसमेत रहेका दानसिंह परियार र स्थानीय नेता तथा छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष खेमबहादुर रावललाई पक्राउ गरिएको विरोधमा एमालेले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो । शनिबार दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएको थियो…