मतदान भइरहँदा रामसहायलाई एमाले सांसदको बधाई
उपराष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि शुरु भएको मतदान प्रक्रियामा सहभागी हुन सांसदहरु मतदानस्थलमा पुग्नेक्रम जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, दुबै तहका सरकारका मन्त्रीहरु, विभिन्न पार्टीका शीर्ष नेता मतदानस्थल पुग्दा संसद भवनको माहोल उत्साहपूर्ण बनेको छ । मतदानका लागि विभिन्न प्रदेशबाट आएका सांसदहरु उम्मेदवारसँग फोटो खिच्ने, मन्त्रीहरुलाई भेटेर योजना माग्नेजस्ता काममा पनि व्यस्त दे…