प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि भारतीय विदेश राज्यमन्त्री विमानस्थलमा
भारतको औपचारिक चारदिने भ्रमणका लागि निस्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुग्नुभएको छ ।
आज दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पौने ३ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रधानमन्त्रीको यो पहिलो …