प्रधानमन्त्रीको चुनौती - क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको पुष्टि गरे जेल जान तयार छु

प्रधानमन्त्रीको चुनौती - क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको पुष्टि गरे जेल जान तयार छु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान तयार रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभा बैठकमा जारी प्रश्नोत्तर कार्यक्रममा पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले तत्कालीन अवस्थामा माओवादी जनमुक्ति सेनाको व्यवस्थापन राज्य पक्षले नै गरेको र त्यससम्बन्धी अडित रिपोर्ट प्रकाशित भैसकेकाले अहिले भ्रष्टाचार भयो भन्नु राजनीतिक पूर्वाग्रहमात्र भएको बताउनुभयो । 

तत्कालीन अवस्थामै अडिट रिपोर्ट तयार भइसकेको र भ्रष्टाचार नभएको पुष्टि भइसक्दा अहिले राजनीतिक पूर्वाग्राही ढंगबाट माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको आरोप लगाउने गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । तथापि यसमा उजुरी परे छानविन अघि बढाउन सरकार तयार रहेको भन्दै उहाँले दोषी ठहरिए आफू स्वयं जेल जान तयार रहेको बताउनुभयो । 

प्रधानमन्त्रीले २०४८ सालयताका सबै उच्च पदस्त व्यक्तिको सम्पत्ति छानबिन गर्न पनि आफू तयार रहेको जानकारी गराउनुभयो  ।
 

टिप्पणीहरू