काठमाडौँ महानगरपालिका

बालेनको कार्यकक्षमा आईजिपी, भवन भत्काउने सल्लाह

ऐतिहासिक हनुमानढोका दरबार परिसरमा रहेको नेपाल प्रहरीको भवन भत्काइने भएको छ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र प्रहरी प्रमुख आइजिपी दीपक थापाबीच त्यस्तो सल्लाह भएको हो । कालभैरवको मूर्तिसँगै रहेको उक्त जीर्ण भवन भत्काउन यसअघि प्रहरीले आनाकानी गर्दै आएको थियो ।  पुरातत्व विभागले समेत आसपासमा रहेका मन्दिर तथा मूर्ति र स्थानीय नागरिकको जीवन धरापमा पारेको भन्दै भवन भत्काउन प्रहरीलाई पत्राचार गरेको थियो । करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको भवनमा स…