नेकपा एमाले

सरकारलाई एमालेको एक दर्जन सुझाव

नेकपा एमालेले किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । एमालेको कृषि तथा पशुपन्छी विभागले मलको सहज आपूर्तिको सुनिश्चित गर्न, वनस्पति र कुहिने फोहोरबाट उत्पादन गर्न सकिने आधुनिक कम्पोष्ट प्लान्ट उत्पादन केन्द्रहरु स्थापना गरी रासायनिक मलको वैकल्पिक व्यवस्था गर्न भनेको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा विभाग प्रमुख गिरधारीलाल न्यौपानेको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा हिजो बसेको बैठकले सरकारलाई १२ बुँद…