अमेरिकी दूतावासको छेवैमा एमालेको ‘ग्रासरुट’ समीक्षा
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल बुद्धिजीवी परिषद् तथा अनुसन्धान प्रतिष्ठानले पार्टीले सञ्चालन गरेको ’मिसन ग्रासरुट’ अभियानको समीक्षा गरेको छ ।
महासचिव शंकर पोखरेललगायत नेताहरुलाई राखेर परिषद्ले ग्रासरुटको समीक्षासहित अन्तरक्रिया गरेको हो । आज महाराजगञ्जस्थित अमेरिकी दूतावासको दक्षिणतर्फको पर्खालसँगै जोडिएको रोयल दरबार ब्याङ्क्वेटको सभा हलमा भएको कार्यक्रममा ’मिसन ग्रासरुट : अनुभव र सिकाइ’ विषयक अन्तरक्रिया चलाइएको बताइएको छ । …