एमालेको एकातिर ‘ग्रासरुट’ अभियान,अर्कोतर्फ ‘फाइभ स्टार’ होटलमा बैठक

एमालेको एकातिर ‘ग्रासरुट’ अभियान,अर्कोतर्फ ‘फाइभ स्टार’ होटलमा बैठक

नेकपा एमालेले संगठन सुुदृढिकरणको निम्ति मुलुकभर ‘ग्रासरुट’ अभियान चलाएको छ । शुक्रबारदेखि प्रारम्भ भएको अभियानमा समाजको तल्लो तह र तप्कालाई समेट्ने भनिएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालयबाट सात वटै प्रदेश र गैरभूगोलका विशेष प्रदेशमा आयोजना हुने उक्त कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओली उक्त अभियानको संयोजक हुनुहुन्छ ।

तर उक्त अभियानकै क्रममा पार्टीका केही केन्द्रीय नेताको उपस्थितिवीच  राजधानीको एउटा पाँच तारे होटलमा  पदाधिकारी बैठक सम्पन्न भएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको  बैठक हिजो लाजिम्पाटस्थित र्याडिसन होटलमा बसेको थियो । 

२१ औं पदाधिकारी बैठक दिनभर आयोजना गरिएको सहभागी एक जना नेताले बताए । बैठक बिहान साढे ११ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म चलेको थियो । दिउँसोको लञ्च र अपरान्हको स्नाक्स पनि होटलले नै व्यवस्था गरेको थियो । बैठक जिल्ला अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको हो ।

प्रमुख अतिथि उपाध्यक्ष सुरेन्द्र पाण्डे रहेको उक्त बैठकमा सचिव गोकर्ण विष्ट,स्थायी कमिटी सदस्य रघुजी पन्त,अर्का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज कृष्णगोपाल श्रेष्ठको समेत उपस्थिति थियो ।
 

टिप्पणीहरू