एमालेले सचिवालय बैठक बोलायो, प्रतिनिधि सभा दिउँसो १ बजे बस्ने
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे राखिएको छ ।
आजको बैठकमा राष्ट्रपतिको निर्वाचनको निम्ति अस्ति भएको उम्मेदवारको मनोनयनपछि विकसित राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जानकारी दिइएको छ ।
एमाले सचिवालय बैठक अस्ति शनिबार बिहान बसेको थियो । सोही बैठकले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । आजै प्रतिनिधि सभाको बैठक पनि बस्दैछ ।
संसद सचिवालका अनुसार बैठक दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने कार्यसूची छ । त्यसैगरी बैठकले शनिबार दिवंगत सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।
टिप्पणीहरू