खिमलालको ठाउँमा एमालेकै दसौंदी माथिल्लो सदनमा सांसद

खिमलालको ठाउँमा एमालेकै दसौंदी माथिल्लो सदनमा सांसद

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका उनी नेपाली काँग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई ठूलो मतान्तरले पराजित गर्दै सांसद निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार चार हजार २६ मतभारसहित दसौंदी राष्ट्रियसभा सदस्यमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी आचार्यले तीन हजार ७२० मत पाए । उन्मुक्तिका राय १९२ मतभारमा सीमित हुन पुगेका छन् ।

दसौंदीलाई सत्ता साझेदर एमालेसहित नेकपा माओवादी केन्द्र, राप्रपालगायत दलको समर्थन थियो ।

राष्ट्रियसभामा एमाले संसदीय दलका नेतासमेत रहेका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त उक्त सिटमा आज उपनिर्वाचन भएको हो । 

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ तोकिएको छ ।

 

टिप्पणीहरू