संवैधानिक इजलास बसेन, गगनविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइने
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले हालै पेश गरेको गोलाप्रणाली लागू गर्ने कि नगर्ने भन्ने विवादका कारण संवैधानिक इजलास बुधबार पनि बस्न सकेन । उता संवैधानिक इजलासकै अवहेलनाको नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको मुद्दा आज सुनुवाईको पालो आउने सम्भावना देखिँदैन ।
थापालाई सोही मुद्दाको प्रारम्भिक सुनुवाईपश्चात् अदालतमा विचाराधीन मुद्दामा असरपर्नेगरी अभिव्यक्ति नदिन सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासले फागुन १९ मा आदेश जारी ग…