सभापति देउवालाई पद त्याग्न काँग्रेस महामन्त्री थापाको आग्रह
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । उनले पार्टी जोगाउनैका लागि भए पनि देउवाले सभापति पद छाडेर उदारता देखाउनुपर्ने धारणा राखेका हुन् ।
आज विराटनगर पुगेका थापाले विमानस्थलमा बोल्दै जतिसक्दो छिटो पदीय जिम्मेवारीबाट मुक्त भएर पार्टी जोगाउन उनले सभापतिलाई सुझाएका हुन् । उनले भने, ‘पार्टी नेतृत्व परिवर्तन हुने बितिक्कै हाल देखिएका सबै चुनौतीलाई पार लगाउन सकिन्छ ।’
उनले आगामी पाँच वर्षमा काँग्रेसले एक पटक सरकारको नेतृत्व पाउने सहमति भएकाले त्यसको लोभ नगर्न पनि सभापतिलाई सल्लाह दिएका छन् ।
टिप्पणीहरू