लुम्बिनी

लुम्बिनीमा सेन्ट पिटस्बर्गको रुसी गुम्बा

लुम्बिनीमा रुसले आफ्नै स्वरुपको गुम्बा बनाउन थालेको छ । रुसी शहर सेन्ट पिटसबर्गमा रहेको निकै पुरानो गुम्बाको प्रारुपसहितको गुम्बा बनाउन लागिएको बताइएको छ । सेन्ट पिटसबर्गको उक्त गुम्बा एक सय आठ वर्ष पुरानो रहेको बताइन्छ । ३० करोड रुपैयाँ लागतमा निर्माण गरिने रुसी गुम्बा लुम्बिनी परिसरभित्र एक बिघा जमिनमा फैलने छ । नेपालस्थित रुसी दूतावास, रुस–नेपाल मैत्री संघ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसी बौद्धमार्गीको संयुक्त पहलमा बनाउन लागिएको गुम्बा डेढ वर्षभित्र…