पैदल आएका दक्षिण कोरियाली २ सय बौद्ध तीर्थयात्री लुम्बिनीबाट फर्किए

पैदल आएका दक्षिण कोरियाली २ सय बौद्ध तीर्थयात्री लुम्बिनीबाट फर्किए

पैदल यात्रामा दक्षिण कोरियाबाट लुम्बिनी आएका तीर्थयात्रीहरु आज भारत गएका छन् । दुई सय जना कोरियाली भिक्षु र तीर्थयात्रीहरू हिजो लुम्बिनी पुगेका थिए । 

टोलीले हिजो मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेको बताइएको छ । सो अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति थियो ।

कोरियाली टोलीले माघ २६ गतेदेखि भारत र नेपालमा रहेको विभिन्न बौद्धधामहरुको दर्शन पैदलबाट शुरु गरेको हो । कोरियाबाट नयाँ दिल्लीसम्म विमानमा र त्यहाँबाट पैदल यात्रा थालेका हुन् ।

टिप्पणीहरू