‘ब्यालेट डान्स’ सिक्न थाइ ‘सकिरा’ चीन पुगिन्
थाइ ‘ब्यालेट डान्सर’ आफ्नो सपनाको पछि लाग्दै चीन पुगेकी छन् । ‘ब्यालेट डान्स’ बारे थप सिक्न उनी दक्षिणपश्चिम चीनको चोङछिङ ब्यालेट थिएटरमा भर्ना भएकी हुन् ।
थाइल्याण्डको राजधानी बैंकककी सकिरा ब्यालेट नृत्य सिक्नकै लागि चीन पुगेको बताउँछिन् । आफूलाई चिनियाँ संस्कृतिमा निकै रुची भएकाले चीन गएको उनको भनाइ छ ।
आठ वर्षदेखि ब्यालेट नृत्यमा संलग्न रहँदै आएकी उनलाई परम्परागत चिनियाँ कला निकै मनपर्ने भनाइ छ । सानैदेखि नाच्ने रहर साँचेकी सकि…