राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले कांग्रेस,एमालेसहितको सहमतिमा राष्ट्रपति चयन गर्नेबारे छलफल भएको जानकारी दिए । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा बैठकमा सहभागी अधिकांश नेताहरुको साझा धारणा आएको उनले बताए । त्यसका लागि साझा व्यक्ति आवश्यक पर्ने र सोहीअनुसार सहमति जुटा…