समाचार

पूर्वराष्ट्रपतिको पछि नहट्ने संकेत, नयाँ बानेश्वर नजिकै सम्पर्क कार्यालय

नेकपा एमालेका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने तयारीबाट पछि नहट्ने अर्को संकेत दिनुभएको छ । यसअघि पत्रकार सम्मेलन गरेर कसैले चाहँदैमा आफ्नो सदस्यता खोस्न नसक्ने प्रष्ट अडान राख्नुभएकी उहाँले अब भने सम्पर्क कार्यालय खोलेर राजनीतिक गतिविधि अघि बढाउन लाग्नुभएको छ । आफ्नो सदस्यता खारेज गर्दै राजनीतिक प्रतिबन्ध लगाउने केन्द्रीय समितिको निर्णयलगत्तै भण्डारीले पत्रकार सम्मेलनमार्फत् दायाँबायाँ नहुने सन्देश दिनुभएको थियो । त्यसैअनुसार कार्यकर्ता भेटघाट र राजनीति…

Page 242 of 2009