भारतबाट नेपालमा सिधै पैसा पठाउन सकिने
अब भारतको एचडीएफसी बैंकमार्फत नेपालस्थित महालक्ष्मी विकास बैंकमा सिधै रकम जम्मा गर्न मिल्ने भएको छ । सीमापार वित्तिय सेवा प्रवर्द्धन तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्यका निम्ति दुवैबीच समझदारी भएको हो ।
योसँगै भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी बैंक पहिलो विकास बैंक बनेको छ । समझदारीअनुरुप महालक्ष्मी बैंकले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ । साथै, दुवै बैंकले सम्पूर्ण प्रक्रियागत काम गरी परीक्षण कारोबारसमेत ग…