जनआस्थाको समाचार-पेमाले पाइन् न्याय
एकल महिला भएकै कारण गाउँलेको अत्याचारमा परेकी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २, ल्होकी पेमा लामाले अन्ततः न्याय पाएकी छन् । गाउँले मिलेर कानूनविपरीत लाखौं रकम जरिवाना तिराइएकी उनको सबै रकम फिर्ता भएको छ ।
गाउँपालिका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ,गोरखाका प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बिकसहितको पहलमा हिजो पेमाको पाँच लाख दश हजार रुपैयाँ फिर्ता भएको हो । उपाध्यक्ष गुरुङका अनुसार अबदेखि उनलाई कसैले पनि दुःख नदिने सहमति पनि भएको छ ।&nbs…