दक्षिणकालीमा इञ्जिनियर कुटिए
दक्षिणकाली नगरपालिकाका इञ्जिनियरलाई सेवाग्राहीले कुटपिट गरेका छन् । नगरपालिकाको पूूर्वाधार विकास समितिमा कार्यरत इञ्जिनियर मनोज बुढाथोकीमाथि सेवाग्राहीले हातपात गरेका हुन् ।
इञ्जिनियरमाथि हातपात भएको घटनालाई लिएर कर्मचारी युनियनले विरोध गरेको छ । नेपाल निजामती कर्मचारी यूनियन स्थानीय कार्यसमिति दक्षिणकाली, काठमाडौंले ध्यानार्षण भएको जनाएको हो । यूनियन अध्यक्ष द्रोणप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा कर्मचारीमाथि कार्यस्थलमा भएको दुर्व्यवहार र हातपातको विरोध गरिएको छ ।उनले दोषीलाई हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेका छन् । साथै सेवा प्रवाहको क्रममा कर्मचारीबाट ढिलासुस्ती भए कानुनी कारवाहीको माग गर्न पनि सेवाग्राहीलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सेवा प्रवाहको क्रममा कर्मचारीबाट गल्ती, कमजोरी तथा ढिलासुस्ती भए कानुनी कारवाहीको माग हुनुपर्ने तर कर्मचारीमाथि भौतिक आक्रमण हुनु दुःखको विषय हो ।’
टिप्पणीहरू