माइतीघर पुगेकी गायिका भन्छिन् ‘श्रीमानले गुण्डा लगायो’
श्रीमानद्वारा पटक–पटक कुटपिट र ज्यान मार्ने प्रयास भएको आरोप लगाउँदै गायिका बुनु उप्रेती न्याय माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी छन् ।
झापा दमक–१ निवासी ४० वर्षीया उप्रेतीले श्रीमान् शेखर चापागाईंले समूहगत रूपमा गुण्डा प्रयोग गरी आक्रमण गरेको आरोप लगाएकी हुन् । उनका अनुसार, आफूलाई आठ पटक मरणासन्न हुने गरी कुटपिट गरिएको र तीन पटक घाँटी निमोठिएको छ ।
कैयौँपटक प्रहरीकहाँ उजुरी दिए पनि जाहेरी नलिएर वेवास्ता गरिएको उनको गुनासो छ । बल्लतल्ल ज्यान मार्न…