सर्वोच्चले आदेश दिनुअगाडि नै समातिए सूत्रधार
रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी निकट ‘सीधा कुरा डट कम’ मा सार्वजनिक ‘डार्क फाइल’ भन्दै फेक अडियो बनाएकोमा प्रमाणित राजकुमार तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतका न्यायाधीश, केही वकिल र सञ्चार उद्यमीको नामसहित मुद्दामा सेटिङ मिलाएको भनिएको अडियो सीधा कुराले सार्वजनिक गरेको थियो ।
प्रहरीले तिमल्सिनासहित सीधा कुराका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोवार ऐनअन्तर्गत…