सुन काण्डमा हुण्डी कारोबार, डिजिटल वालेटको संलग्नता
नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले डिजिटल भुक्तानीको संस्कारले दैनिकी सहज भए पनि यसको विश्वास जोगाइराख्न मुख्य चुनौती रहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले डिजिटिल वालेटको कारण अवैध कारोबार बढ्दै गएको उल्लेख गरिन् ।
‘नेपाल राष्ट्र बैंकले २०८१ जेठ २१ गते सूचना जारी गरेर सजिलो–पे र पे–वेलको सम्पूर्ण बैंक खाताहरु रोक्का गर्यो, यी वालेटहरुले गरेको हुण्डी कारोबारको सम्बन्ध राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको ६० किलो …